नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय

रामशाहपथ, काठमाडौँ, नेपाल

परिचय

प्रकाशित मिति : 2022-03-24 02:22:57

सूर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानीकारक भएको र यसले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्ने भएकोले सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने उद्येश्यका साथ सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, 2068 तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली र निर्देशिका लागु भई ऐनमा धुम्रपान तथा र्सूिर्तजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न हुने रोगको रोकथाम निदान र उपचारको लागि स्वास्थ्य कर कोषको स्थापना हुने व्यवस्था सो कोषमा जम्मा हुने रकमको बाँडफाँड  र परिचालनलाई प्रभावकारी र व्यवस्थित वनाउन वाञ्छनिय भएकाले, सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली 2068, को नियम 23 ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो निर्देशिका जारी गरेको छ ।